टिप्परकाे ठक्करले युवाको ज्यान गएपछि वीरेन्द्रनगर तनावग्रस्त : ६ बजेदेखि  कर्फ्यु लगाउने तयारी

 माघ १४, २०७६ मंगलबार १७:३१:१३ | मुना हमाल
unn.prixa.net

सुर्खेत - सुुर्खेतको वीरेन्द्रनगरमा टिप्परकाे ठक्करबाट एक जनाको ज्यान गएपछि आक्रोशित बनेका आफन्तहरुले वीरेन्द्रनगर बजार बन्द गरेका छन् । वीरेन्द्रनगर अहिले बजार तनावग्रस्त बनेको छ ।

 उनीहरुले टिप्पर चालकलाई कडा कारबाहीका साथै क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीले प्रहरी बिटमा समेत आगजनी गरेका छन् । प्रहरीले भीडलाई तितरवितर पार्न अश्रु ग्यास हाने पनि भीड नियन्त्रण गर्न सकेको छैन ।

आन्दोलनले उग्र रुप लिएपछि ६ बजेदेखि कर्फ्यु लगाउने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले ६ बजेदेखि कर्फ्यु लगाउने जानकारी दिनुभयो । बिहान टिप्परले वीरेन्द्रनगरको जुम्ला रोडमा किच्दा कालिकोट महावै गाउँपालिका वडा नं ३ का २० वर्षीय केशर सिंहको ज्यान गएको हो । 

मृतक सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाईकललाई भे १ ख २२४२ नं को टिप्परले ठक्कर दिएको थियो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया