६ महिनामा २४ हजार बढी विदेशी पर्यटकले घुमे खुम्बु

 माघ १८, २०७६ शनिबार १२:२८:१४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु : चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २४ हजारभन्दा बढी विदेशी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । 

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा २४ हजार ७ सय ५२ जना विदेशी पर्यटक खुम्बु भित्रिएको खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ मा रहेको टोकटोक चेकपोष्टले जनाएको छ । 

चेकपोष्टका कर्मचारी ङ्वाङ शेर्पाका अनुसार साउनमा ५ सय ५४ जना, भदौमा १ हजार ३ सय ७ जना र असोजमा ७ हजार ५ सय ३१ जना पर्यटकले खुम्बुको भ्रमण गरेका छन् । 

त्यसैगरी कात्तिकमा ९ हजार ८ सय ९० जना, मंसिरमा ३ हजार ८ सय ८७ जना र पुसमा १ हजार ७ सय ७७ जना विदेशीले खुम्बु क्षेत्रको भ्रमण गरेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये कात्तिक महिनामा ९ हजार ८ सय ९० जनाले भ्रमण गरेका छन् । 

अक्टोबर महिना खुम्बुका लागि पर्यटकीय सिजन भएकाले कात्तिक महिनामा पर्यटकको चाप बढी देखिएको जनाइएको छ । खुम्बु भ्रमण गर्ने पर्यटकमध्ये धेरैजसो अस्ट्रेलियन र अमेरिकन नागरिक रहेका छन् भने सबैभन्दा कम साईप्रसका नागरिक रहेको शेर्पाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया