संखुवासभामा जबर्जस्ती करणी गरेर फरार रहेका व्यक्ति तेह्रथुमबाट पक्राउ

 माघ १८, २०७६ शनिबार १७:३७:२० | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभामा एउटी १७ वर्षीय किशाेरीलाई जबर्जस्ती करणी गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

गएको पुस २२ गते ती किशाेरीलाई जबर्जस्ती करणी गरेर भागेका मोरङ जिल्ला बेलबारी नगरपालिका-३ घर भएका २४ वर्षीय राजु भन्ने धनबहादुर परियारलाई प्रहरीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताउनुभयो ।

उहाँको अनुसार संखुवासभा जिल्ला अदालत चैनपुरबाट पक्राउ पुर्जी जारी भएर खोजतलास भइरहेका परियारलाई तेह्रथुम जिल्ला छथर गाँउपालिका-१, डङडङगे भन्ने ठाउँबाट इलाका प्रहरी कार्यालय वसन्तपुर, तेह्रथुमसँग आवश्यक समन्वय गरी पक्राउ गरिएको हाे ।

पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा ल्याएर थप अनुसन्धान भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया