गायिका अरुणा लामाकाे स्मृति दिवस मनाइँदै

 माघ २२, २०७६ बुधबार ८:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली गायन क्षेत्रको सुप्रसिद्ध गायिका अरुणा लामाको बुधबार स्मृति दिवस परेको छ । स्मृति दिवसको अवसरमा काठमाण्डौको राष्ट्रिय नाचघरमा विशेष कार्यक्रम हुँदैछ । 

विसं २००२ भदौ २४ गते दार्जिलिङको घुम पहाडमा जन्मिएकी लामाको विसं २०५४ माघ २२ गते काठमाण्डौमा निधन भएको थियो । 

‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत अरुणा लामाले गाएको पहिलो गीत हो भने ‘किन यौवन उदास छ मेरो’ भन्ने गीतबाट गीति यात्रा अघि बढेको थियो ।

उनका ‘एक्लै बस्दा सधैँ मलाई’, ‘पोहोर साल खुशी फाट्दा’, ‘मनमा तिम्रो’, ‘हेर न हेर कान्छा’ लगायतका दर्जनौँ  गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् । 

 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया