चर्चित हलिउड अभिनेता किर्क डगलसकाे निधन

 माघ २३, २०७६ बिहिबार ११:४८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हलिउड अभिनेता किर्क डगलसको १ सय ३ वर्षको उमेरमा निधन भएको छ । 

‘स्पार्टकस’ र ‘पाथ्स अफ् ग्लोरी’ का अभिनेता तथा माइकल डगलसका पिता किर्क सन् १९४० मा निकै चर्चित भएका थिए । 

उनले आफ्नो करिअरमा झण्डै सय वटा फिल्ममा अभिनय गरे । तर पछि हृदयाघातका कारण उनले चलचित्र उद्योग नै छोड्नु परेकाे थियाे । 

अस्कर विजेता अभिनेता तथा चलचित्र निर्माता माइकल डगलसले किर्क डगलसको निधनको पुष्टि गर्दै फेसबुकमा लेखेका छन्, ‘किर्क डगलसको १ सय ३ वर्षको उमेरमा निधन भएको छ । विश्वको लागि उनी एक लेजेण्ड अभिनेता थिए र सधैँ रहिरहनेछन् ।’

स्टेज र पर्दाका अभिनेता किर्क कौशलपूर्ण फरक–फरक चरित्रमा अभिनय गर्न माहिर थिए । सन् १९१६ मा न्यु योर्कमा जन्मिएका किर्क सन् १९६० मा ‘स्पार्टकस’ मा प्रमुख पात्रको अभिनयका कारण चर्चामा आएका थिए । 

सन् १९४९ मा अस्करका लागि मनोनित भएका किर्कले आफ्नो करियरलाई हलिउडको चलचित्रकै ‘स्वर्ण युग’ को रुपमा चिनाउन सफल भएका थिए । 

उनको निधनलाई लिएर विश्वभरका अभिनेता तथा कलाकारले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।   

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया