संखुवासभामा ट्र्याक्टरले चेप्दा चालकको ज्यान गयो

 माघ २५, २०७६ शनिबार १८:३४:४१ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - खाँदबारी नगरपालिका–४, पाङ्मामा ट्र्याक्टरको पछाडिको भागले चेप्दा चालकको ज्यान गएको छ ।

खोटाङ जिल्ला सुंदेल घर भएका २३ वर्षीय ट्याक्टर चालक उचित राईको ट्याक्टरले चेप्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताउनुभयो ।

गुडाउँदै गरेको ट्याक्टरको दाहिने चक्कामा समस्या आएपछि रोकेर चक्का फेर्ने क्रममा राईलाई ट्याक्टरको पछिल्लो भागले चेपेको निरीक्षक राईकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया