अाठाैं राष्ट्रिय खेलकुदका लागि निर्माणाधीन नेपालगञ्ज रङ्गशालाको शिलान्यास

 साउन ८, २०७५ मंगलबार १९:२३:२२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले  २५ करोडको लागतमा निर्माण हुन लागेको नेपालगञ्ज रङ्गशालाको मंगलबार शिलान्यास गर्नुएकाे छ।

यसैक्रममा मन्त्री विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब विष्ट नेतृत्वको टोलीले नेपालगञ्जमा आगामी मङ्सिरमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा जानकारी पनि लियो । 

यसैगरी मन्त्री विश्वकर्मा र सदस्य सचिव विष्टले खजूरामा निर्माणाधीन खेल संरचनाको पनि स्थलगत निरीक्षण गरी जानकारी लिनुभयो । 

बाँकेमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संरचना निर्माणमा ६६ करोड रुपैयाँ बजेट लागत अनुमान गरिएको छ ।

यसैगरी  मन्त्री विश्वकर्माको उपस्थितिमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ मूल आयोजक समितिको बैठक मङ्गलबार नेपालगञ्जमा सम्पन्न भएको छ ।

बैठकमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्यता, संरचना निर्माण लगायतका बिषयमा छलफल भएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो । 

नेपालगञ्जमा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर २१ देखि २८ गतेसम्म संचालन हुदैछ । 

प्रतियोगिताका खेलहरु बाँके, बर्दिया, दाङ र सुर्खेतमा हुनेछन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया