मुस्ताङमा हिमपात : जोमसोममा एक फिट हिउँ जम्यो, हवाई उडान प्रभावित

 फागुन १०, २०७६ शनिबार ७:८:२ | प्रताप बानियाँ
unn.prixa.net

मुस्ताङ – केही दिनदेखि मौसममा आएको बदलीसँगै हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको लेतेदेखि माथि सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । 

मुस्ताङको सदरमुकाम जोमसोममा मात्रै करिब १ फिटसम्म हिउँ जमेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले टेलिफोनमा जानकारी दिनुभयो । शुक्रबार बिहानैदेखि भएकाे हिमपातका कारण मुक्तिनाथ क्षेत्रमा डेढ फिट र उपल्लो मुस्ताङमा २ फिटसम्म हिउँ जमेको जानकारी आएको उहाँले बताउनुभयो । हिमपातसँगे उपल्लो मुस्ताङ जाने कालीगण्डकी खोलाको तिरैतिरको सडक पनि अवरुद्ध बनेको छ । 

यसैगरी हिमपातका कारण शुक्रबार जोमसोम विमानस्थलमा हवाई उडान प्रभावित भयाे भने जोमसोमको तापक्रम अहिले माइनस ५ डिग्री सेल्सियसमा पुगेको प्रजिअ अर्यालले बताउनुभयो ।

हिमपातले मुस्ताङका डाँडाकाँडाहरु सेताम्य भएका छन् । शुक्रबार पछिल्लोपटक परेको हिमपातले गर्दा मुस्ताङको जनजीवन समेत प्रभावित भएको छ । मुस्ताङमा पटकपटक परेको भारी हिमपातका कारणले गर्दा कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डको जोमसोमभन्दा माथिको खण्ड भने अहिलेसम्म खुलेको छैन । 

वर्षा र हिमपातले चिसो बढेपछि मनाङको थोरङ्लापास क्षेत्र तथा म्याग्दीको दाना भएर मुस्ताङ भित्रिने पर्यटकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको छ । हिमपात र वर्षाका कारण पर्यटक, यात्रु तथा सर्वसाधारणलाई समेत टाढाको यात्रामा ननिस्कन सुझाव दिइएको प्रजिअ अर्यालको भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया