सुख्खा पहिरो खस्दा एक्स्काभेटर अपरेटरकाे ज्यान गयाे, बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

 फागुन २०, २०७६ मंगलबार ७:२:२३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका ४ घाँसाकाे घैपुमा सोमबार सुख्खा पहिरो खस्दा एक जनाको ज्यान गएकाे छ ।

सडक खनिरहेको अवस्थामा सडकमाथिबाट खसेको सुख्खा पहिरोले एक्स्काभेटर घैपु खोलामा खस्दा एक्स्काभेटर अपरेटरको ज्यान गएकाे हाे । ज्यान जानेमा सिन्धुपाल्चोक घर भएका अर्जुन दाहाल रहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक सफा गरिरहेको एक्स्काभेटर खोलामा खस्दा दाहालकाे एक्स्काभेटरकाे चेनले च्यापिएर ज्यान गएकाे हाे । डोजरको चेनले च्यापिएको अवस्थामा रहेको हुँदा उनको शव निकाल्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।   

एक्स्काभेटर सडकबाट झण्डै तीन सय मिटर तल घैपुखोलामा खसेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । पहिरोले बसलाई समेत क्षति पुर्‍याएको छ । 

घटना भएलगत्तै नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयवासी घटनास्थल पुगेर उद्धारको प्रयास गरेका थिए । सुख्खा पहिरो खसेसँगै बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया