अहिलेसम्म चार सयभन्दा धेरैको नमुना परीक्षण

 फागुन २४, २०७६ शनिबार १३:२४:२ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै - सरकारले कोरोना भाइरसको आशंकामा अहिलेसम्म ४ सय भन्दा धेरैको नमूना परीक्षण गरेको छ ।

अहिलेसम्म चीनबाट ल्याइएका १ सय ७५ जनासहित कोरोना भाइरससँग लक्षण मिलेका ४ सय ३७ जनाको स्वास्थ्य परीक्षण गर्दा कसैमा पनि कोरोना भएको नपाइएकाले नआत्तिन तर सचेत भने हुन मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आग्रह गर्नुभयो ।

गएको माघ ९ गते चीनबाट आएका एकजनामा कोरोना भएको पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका र शंका लागेका अरुको पनि नमुना परीक्षण गर्दा बाँकी कसैमा पनि कोरोनाको संक्रमण नपाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ती व्यक्ति पनि अहिले पुरै निकै भैसकेको मन्त्रालयले जनाएको छ ।

उनमा कोरोना भएको पुष्टि भएयता सरकारले कोरोना प्रभावित देशबाट आएका नागरिक, उनीहरुको सम्पर्कमा पुगेका व्यक्ति र परिवारका सदस्यमा पनि लक्षण देखिए परीक्षण गर्न थालेको छ ।

कोरोनाको जोखिम बढेपछि सरकारले कोरोनाको शंका लागेका व्यक्तिलाई काठमाण्डाैको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेशनमा राख्ने गरेको छ ।

अहिलेसम्म आइसोलेसनमा राखिएका २७ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएपछि घर पठाइएको छ भने अहिले पनि पाँच जनालाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ । आइसोलेशनमा राखिएका व्यक्तिमा मनोवैज्ञानिक त्रास भएपछि अस्पतालले मनोपरामर्शदाता राख्ने तयारी गरेको छ । आइसोलेशनमा राख्नेबित्तिकै उनीहरु कोरोना संक्रमित भएको भनेर नबुझ्न पनि डाक्टरले आग्रह गरेका छन् ।

उनीहरुमा कोरोना भए बाहिर निस्कँदा अरुलाई पनि सर्ने जोखिम भएकाले मात्रै सुरक्षित तरिकाले राखिएको हो । कोरोनाको जोखिम भएपनि नआत्तन तर सतर्क रहन र जोगिने उपाय अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टरहरुले सुझाव दिएका छन् ।

भीडभाडमा नजाने, अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कने, घर फर्किएपछि कम्तीमा ३० सेकेण्ड साबुनपानीले मिचीमिची हात धुने, बिरामीको छेउमा जाँदा अनिवार्य मास्क लगाउने, खोक्दा र हाच्छँयू गर्दा नाक र मुख छोप्ने तथा ज्वरो आउने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिए स्वास्थ्य संस्थामा गइहाल्नुपर्ने डाक्टरहरुको सुझाव छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया