एक वर्षमा विपद्का घटनाबाट एक अर्ब २३ करोड रुपैयाँ बराबरको भौ...
बैशाख २१, २०८१ शुक्रबार
माेरङ - विदेशबाट आएका दुई जनामा कोरोनाको जस्तो लक्षण देखिएपछि विराटनगरकाे काेशी अस्पतालले उपचारका लागि धरान पठाएको छ ।
शुक्रबार कोशी अस्पतालमा कोरोनाको संक्रमण र यसबाट बच्नको लागि अपनाइएका सावधानीका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा कोशी अस्पतालकी मेडिकल सुपरिन्टेण्डेन्ट डा. संगीता मिश्रले कोरोनाबाट संक्रमितहरु नदेखिएको भए पनि दुईजनामा त्यस्तै खालको लक्षण देखिएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिनुभयो ।
दुई दिनअघि मात्र विदेशबाट आएका दुई व्यक्तिमा कोरोनाको शंका लागेपछि अस्पतालले धरानमा रहेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वार्डमा पठाएएको मिश्रले जानकारी दिनुभयो । उनीहरुको खकार परीक्षणको लागि नमुना काठमाण्डौ पठाउनु पर्ने भएकोले ४८ घण्टापछि त्यसको रिपोर्ट आउने मिश्रको भनाइ थियाे ।
विदेशबाट आएकामा ज्वरो, रुघाखोकीको पनि लक्षण देखिएपछि शंका लागेर आइसोलेशन वार्डमा रेफर गरेको तर कोरोना नै हो भन्ने पुष्टि भने नभएको अस्पतालले जनाएकाे छ। रेफर गरिनु सामान्य भएको भन्दै सर्वसाधारणले आतंकित हुनुपर्ने अवस्था नरहेको अस्पताल स्राेतकाे भनाइ छ ।
अस्पतालले सुरक्षाका लागि स्यानिटाइजर तथा मास्क पनि वितरण गर्न थालेको छ । कर्मचारी नै असुरक्षित हुने डरले अस्पताल प्रवेश गर्दादेखि नै स्यानिटाइजरकाे व्यवस्था गरिएको मिश्रले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।