विराटनगरकाे श्रम कार्यालय बन्द, सेवाग्राहीलाई सास्ती

 चैत ४, २०७६ मंगलबार १५:४१:१४ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - विराटनगरमा रहेकाे श्रम कार्यालय बन्द गराइए पछि सेवाग्राही मर्कामा परेका छन् ।

कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले सेवाग्राहीको काम नगर्नू भनेपछि कर्मचारीहरुले कार्यालयमा उपसिथत भएर पनि काम नगरिदिँदा सेवाग्राहीले समस्या भाेग्नुपरेकाे हाे। 

कार्यालय बन्द रहेकाे खबर पाएर पत्रकारकाे टाेली बुझ्न जाँदा ढोकामा भित्रबाट चुक्कुल लगाइएको थियो भने कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेललाईसँग जानकारी लिन खोज्दा उहाँकाे फोन उठेन।

एक कर्मचारीलाई ‘ढोका किन बन्द गरेको ?’ भनेर साेध्दा उनले ‘हाकिम साबले बन्द गर्नु भन्नु भएको छ’, भन्ने जवाफ दिए ।  

तीन दिनदेखि बन्द

आइतबार कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले कार्यालयको बाहिरी गेट खोल्न लगाए पनि भित्री ढोकाबाट कार्यालय भित्र कसैलाई पनि प्रवेश गर्न दिनुभएन ।  १२ बजेसम्म जेनतेन बाहिरबाट काम गराएका सेवाग्राहीले दिउँसोदेखि काम नै गराउन पाएनन् ।

सोमबार पनि कार्यालय प्रमुख र कार्यालयका कर्मचारी आएर कार्यालय भित्र प्रवेश गरेपछि भित्रको ढोका लगाइयो, आएका सेवाग्राही कामै नगरी फर्कन बाध्य भए।

अघिल्लाे दिन काम नभएपछि आज श्रम कार्यालयमा पुगेका सेवाग्राहीले आज पनि काम नभएपछि पत्रकार गुहार्नुपरेकाे ट्रेड युनियन महासंघ जी-फन्टको प्रदेशको सचिव निलम ढुङ्गेलले बताउनुभयो । 

‘आज तीन दिन भयो तर कार्यालय प्रमुख र कर्मचारी भित्र बसेका छन् तर बाहिर आएका सेवाग्राहीको कुनै काम भएको छैन’,ढुङ्गेलले भन्नुभयो, ‘कर्मचारी अहाउँछन्, ढोका थुनेर बसेका छन् कामै गर्दैनन्, कर्मचारीलाई सोध्दा हाकिम सा‘बले भन्नुभएको कुनै काम नगर्न भन्नुभएको छ ।’

यसै क्रममा ट्रेड युनियन महासंघका अध्यक्ष किशोर धमलाले भन्नुभयो, ‘श्रम स्वीकृति नदिने सरकारको निर्णयपछि श्रम कार्यालयले अन्य काम पनि रोकेको हुनसक्ने सेवाग्राहीको अनुमान छ । तर सेवाग्राहीलाई स्पष्ट जानकारी दिने काम भएको छैन ।’ 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया