काेराेना सतर्कता : नाम्चेबजारका सबै होटल अनिश्चित कालका लागि बन्द

 चैत ७, २०७६ शुक्रबार १६:१३:१२ | सुवास दर्नाल
unn.prixa.net

सोलखुुम्बु - नाम्चेबजार क्षेत्रका सबै होटल अनिश्चित कालका लागि बन्द गरिएका छन् ।

कोरोना भाइरसकाे त्रासका कारण शुक्रबार (आज) देखि यस क्षेत्रका सबै होटल अनिश्चितकालका लागि बन्द गरिएको नाम्चेका होटल सञ्चालकहरुले जानकारी दिए ।

बिहीबार बसेको नाम्चे लज एण्ड होटल एसाेसियशनको आकस्मिक बैठकले शुक्रबार (आज) देखि त्यस क्षेत्रका सबै होटल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो । कोरनाको संक्रमणले विश्वभरिलाई आतकिंत बनाएको अवस्थामा जोखीम न्यूनीकरण गर्न सम्पूर्ण होटल बन्द गर्ने निर्णय गरेको नाम्चे लज एण्ड होटल एसाेसियशनका उपाध्यक्ष निमाडोमा शेर्पाले जानकारी दिनुभयो ।

होटल बन्द भएपछि त्यहाँ कार्यरत झण्डै ३ सय मजदुर घर फर्केका छन् । सिजनको समयमा होटल बन्द गर्नुपर्ने भएकाले मजदुरलाई घर फर्काउनु बाध्य भएको होटल व्यवसायीकाे भनाइ छ ।

अहिले लुक्ला विमानस्थलमा आउने पर्यटककाे संख्या शून्य छ भने फर्किने पर्यटकको संख्या नगण्य  मात्रामा रहेको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया