पोखरामा 'यशुले कोरोना नास गर्नुहुन्छ' भन्दै प्रचार गर्ने पास्टर पक्राउ

 चैत ११, २०७६ मंगलबार १४:५:२९ | सुमन गुरुङ
unn.prixa.net

कास्की - कोरोना भाइरस संक्रमणको बेला धर्मको प्रचार-प्रसार गर्ने एक जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । 

यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने जुम्ला घर भएर हाल पोखरा महानगर-३२, खुदी सुकुम्बासी टोल बस्दै आएका केशव आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पोखरा महानगरपालिका २९ पावर हाउसबाट नियन्त्रणमा लिइएको हो । 

राज्यले नै चासो दिएको विषयमा सर्वसाधरणलाई यशुको नाम लिएर भ्रम सिर्जना गरेकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।

अहिले कोरोनाको सन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर रहेको बुझिएको छ । धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

1 Comments

  • Dinesh Shrestha

    March 24, 2020, 2:44 p.m.

    हिन्दु, बुद्दिष्ट लगायतका धर्मका धर्मभिरु गुरुबाट पनि यस्तै हर्कतहरु भएका छन्, जुन सोसल मिडियामा आइरहेका छन् । हिम्मत भए सरकारले तिनीहरुलाई पनि पक्रेर थुनोस् । होइन भने यो नाटक नगरेकै बेस होला ।

  •  0 Reply

तपाईको प्रतिक्रिया