प्रदेश ५ : कोरोनाको आशङ्का गरिएका २३ जनाको रिपोर्ट ‘नेगेटिभ, २९ जना आइसोलेशनमा

 चैत १५, २०७६ शनिबार १९:१:२१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश ५ मा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको आशङ्का गरिएका २३ जनाको रिर्पोट ‘नेगेटिभ’ आएको छ । 

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार ३६ जनाको ‘स्वाब’ परीक्षण गरिएकोमा २३ जनाको रिपोर्ट नेगेटिभ आएको हो । बाँकी १३ जनाको परीक्षणको रिर्पोट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरसको आशङ्का गरिएका ५२ जनामध्ये ३६ जनाको स्वाबको परीक्षण गरिएको हो । कोरोनाको आशङ्का गरिएका २९ जनालाई भने आइसोलेशनमा राखेर उपचार गरिरहेको महाशाखाले जनाएको छ ।

बुटवलको धागो कारखानामा रहेको आइसोलेशन अस्पतालमा आठ जना , बाँकेमा रहेको अर्बुद रोग अस्पतालमा १० जना , दाङको बेलझुण्डीमा दुई जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना, तौलिहवा अस्पतालमा तीन जना र बर्दियामा एक जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।

हवाई सेवा बन्द भएका कारण अस्पतालहरुले स्वाब सङ्कलन गरी एम्बुलेन्समार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउनु पर्दा रिर्पोट आउन ढिला हुने गरेको महाशाखा प्रमुख डाक्टर उमाशशङ्कर चौधरीले बताउनुभयो । 

प्रदेश ५ मा कोरोनाको नमुना स्वाब सङ्कलन गर्न १७ जना मात्रै दक्ष स्वास्थ्य प्राविधिकहरु रहेको महाशाखाले बताएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया