जापानी कमेडी 'आइकन' केन शिमुराकाे काेराेना सङ्क्रमणबाट निधन

 चैत १७, २०७६ सोमबार ९:४२:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएका जापानका कमेडियन केन शिमुराको निधन भएको छ । 

७० वर्षीय शिमुरामा गएको मार्च २३ तारिखमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । उनी कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार भएका छन् । 

उनी सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट कमेडियनका रुपमा परिचित थिए । उनले स्ल्यापस्टिक (अस्वभाविक शारीरिक गतिविधि) कमेडियनका रुपमा परिचय बनाएका थिए ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया