आइसोलेसन अस्पतालमा मृत्यु भएका थापाको शव १० दिनदेखि अस्पतालमै

 चैत २५, २०७६ मंगलबार ११:३३:२८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही– बुटवलको आइसोलेसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रुपन्देहीको सैनामैनाका ३४ वर्षीय बाबुराम थापाको शव १० दिनसम्म पनि आफन्तले बझेका छैनन् । 

घटनाको छानबिन गर्नुपर्ने र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै परिवारले मृतक थापाको शव बुझ्न मानेका छैनन् । शव लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको छ । 

चैत १३ गते उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल आएका थापालाई बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

चैत २६ गते थापाको विशेष अस्पतालमा मृत्यु भएको भयो  । कोरोनाको आशङ्का गरिएका थापाको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो । 

मृतककी श्रीमती रीता थापालाई योग्यताअनुसार रोजगारीको ग्यारेन्टी गर्ने र २ जना छोरालाई पढाइदिने प्रदेश सरकारले आश्वासन दिएको छ 

तर २५ लाख रुपैयाँ क्षतिपूर्तिको मागभन्दा तल आफन्त नझरेकाले सहमति हुन नसकेको थापाको शव उठाउनको लागि सहजीकरण गरिरहनुभएका पूर्व सभासद तथा वरिष्ठ पत्रकार विनोद पहाडीले बताउनुभयो । 

पहाडीका अनुसार सहमतिको लागि मङ्गलबार पनि प्रयास हुनेछ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया