तिलाेत्तमा नगरपालिकाले गहुँकाे समर्थन मूल्य ताेक्याे, बिक्री नभए बजारीकरणकाे जिम्मा लिने

 बैशाख १, २०७७ सोमबार १०:१५:५५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – तिलोत्तमा नगरपालिकाले किसानले उत्पादन गरेको गहुँ बिक्री नभए आफैले बेचिदिने भएको छ ।

नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार रुपैयाँ तोकेको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हट्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाले किसानलाई चालु आर्थिक वर्षमा एक सय ३६ मेट्रिक टन गहुँको बिउ ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । अनुदानमा उन्नत बिउ पाएसँगै नगरपालिकामा गहुँ खेती बढेको कृषि शाखाले जनाएरको छ ।

यो वर्ष नगरपालिकाको दुई हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा ६ हजार मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएको शाखाले जनाएको छ । तिलोत्तमा नगरपालिकाले समेत निर्माण भइरहेको आफ्नो प्रमुख प्रशासनिक कार्यालय परिसरमा झण्डै तीन बिगाहा खेतमा गहुँ खेती गरेको छ ।

नगरपालिकाले वडा नम्बर १७ लाई गहुँको पकेट क्षेत्र तोकेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया