बर्दिया राष्ट्रिय निकुञ्जमा अवैध वन फँडानी गर्ने एक जना पक्राउ

 बैशाख १०, २०७७ बुधबार २१:१३:३४ | भावुक योगी
unn.prixa.net

बर्दिया - लकडाउनको मौका छोपेर बर्दिया रास्ट्रिय निकुञ्जमा अवैध रुपमा रुख कटान गर्ने एक जना पक्राउ परेका छन् ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिकाको ढकैला र कतर्निया मध्यवर्ती सामुदायिक वनमा एक हप्तामा २२ वटा रुख कटान गर्ने एकजना पक्राउ परेका हुन् ।  

निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको शिवदल गणका नेपाली सेनाको संयुक्त गस्ती टोलीले  बारबर्दिया ९ का एक जनालाई पक्राउ गरेको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले तस्करीमा संलग्न अन्य व्यक्तिहरु फरार रहेको जानकारी दिनुभयो । पक्राउ परेका एक जनालाई निकुञ्जको मुख्यालय ठाकुरद्धारामा ल्याएर कानुनी प्रकृया अघि बढाइएको बताइएको छ ।

तस्करहरुले प्रयोग गरेको एउटा अटोरिक्सा पनि निकुञ्जले बरामद गरेको छ । यसैगरी निकुञ्जभित्र अवैधरुपमा प्रवेश गरेकालाई सोधपुछ गर्ने क्रममा निकुञ्जका कर्मचारीसँग धम्कीपूर्ण व्यवहार गर्ने ठाकुरबाबा नगरपालिका-१, भुरिगाउँका २ जनालाई नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ । 

निकुञ्जले नियन्त्रणमा लिएको देशमा लकडाउन सुरु भएयता निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका वनमा तस्कर सलबलाउन थालेपछि निकुञ्जले पनि सुरक्षामा कडाइ गरेको छ । लकडाउनको बेला बर्दिया राष्ट्रिय निकुञ्जले सुरक्षा गस्तीलाई झनै चुस्त बनाएपछि तस्करहरु पनि धमाधम पक्राउ पर्न थालेका छन् । लकडाउन भएयता निकुञ्जले ३७ जना तस्करहरुलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेका सबै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका विभिन्न ठाउँमा वन तथा वन्यजन्तुका अवैध क्रियाकलापमा संलग्न रहेको पाइएको निकुञ्ज स्रोतले जनाएको छ । बर्दिया निकुञ्जमा वन्यजन्तुका तस्करहरु सक्रिय हुन थालेपछि निकुञ्जले पनि सुरक्षा सर्तकता पनि बढाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया