८ महिनादेखिको तलब नपाएपछि स्वास्थ्यकर्मीले लगाए अस्पतालमा ताला

 बैशाख ११, २०७७ बिहिबार १०:१९:३२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङजा – आठ महिनादेखिकाे तलब नपाएपछि स्याङ्जाको गल्याङ नगरपालिकाद्वारा सञ्चालित गल्याङ नगर अस्पतालमा स्वास्थ्यकर्मीले नै ताला लगाएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेकाे बेलामा पनि बिना तलब काम गर्नुपरेको भन्दै कर्मचारीहरुले नै अस्पतालको मूल गेटमा ताला लगाएका हुन् ।

अस्पतालमा कार्यरत डाक्टर तथा प्रबन्धकसहित १७ जना कर्मचारीहरुले संयुक्त विज्ञप्ति निकालेर तालाबन्दी गरेका हुन् । गएकाे भदौ १ गतेदेखिको तलब बाँकी रहेको आन्दोलनरत कर्मचारीहरुको भनाइ छ । आफूहरुले कोरोनाको त्रासका बीच सेवा दिइरहँदा पनि नगरपालिकाले बेवास्ता गरेको उनीहरुको गुनासाे छ ।

'तलबको त कुरै छाेडौँ हामीले त नियुक्त पत्रसमेत पाएनौँ', एक कर्मचारीले भने । अस्पतालका कर्मचारीहरुबीच नै तलब र सेवा सुविधामा विभेद रहेको एक कर्मचारीले बताए । यसअघि याे अस्पताल गल्याङ सामुदायिक अस्पतालका नाममा सञ्चालन गरिँदै आएको थियो । जसको व्यवस्थापन एक स्थानीय समितिले गर्थ्याे । 

यसैबीच गल्याङ नगर अस्पतालका अध्यक्ष एवं गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले तलब मिलानको काम भइरहेको बताउनुभयो । उहाँले समस्या त्यति जटिल नभएको र एक/दुई दिनमा नै समाधान हुने जानकारी दिनुभयो । गल्याङ क्षेत्रको एक मात्रै अस्पतालमा ताला लागेपछि स्थानीयवासी भने चिन्तीत बनेका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया