भारतको नौतनवा क्वरेण्टीनमा रहेका २ सय ९६ नेपाली घर फर्किए

 बैशाख १४, २०७७ आइतबार १०:३७:९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – भारतको उत्तर प्रदेशको नौतनवा शहरको क्वरेण्टीनमा २५ दिन बिताएका दुई सय ९६ जना नेपालीहरु आ–आफनो घर फर्किएका छन् । गएको शुक्रबार एक सय जना र शनिबार एक सय ९६ जनालाई नेपाल भित्र्याइएको प्रदेश सभा सदस्य सन्तोष पाण्डेले बताउनुभयो ।

शनिबार दुई पटक गरी एक सय ९६ जनालाई नेपाल ल्याइएको हो । नेपाल भित्रिएकामध्ये दुई सय ६६ जना आ–आफनो गाउँपालिकातर्फ लागेका छन् भने ३० जनालाई शैक्षिक तालिम केन्द्र बसडिलवामा राखिएको छ ।  उनीहरु पनि आइतबार बेलुकासम्म सम्वन्धित गाउँपालिका पुग्ने छन् ।

नेपाल प्रवेश गरेका सबैको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको र सबैको रिर्पोट नेगेटिभ देखिएकाले घर पठाउने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले भैरहवाको क्वरेण्टीनमा राखिएका एक सय ५४ जना भारतीयलाई पनि भारत पठाएको छ ।  

भारतको क्वरेण्टीनमा रुपन्देही, अर्घाखाँची, पाल्पा, चितवन, तनहुँ, बारा, कपिलवस्तु, प्यूठानलगायतका १८ जिल्लाका नागरिक छन् । यसमध्ये धेरै गुल्मी र अर्घाखाँचीका छन् । 

याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया