२ बजे मन्त्रिपरिषद् बैठक बस्दै, 'लकडाउन'बारे निर्णय हुनसक्ने

 बैशाख १४, २०७७ आइतबार ११:४६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आइतबार (आज) दिउँसाे २ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनका बारेमा निर्णय गर्ने सम्भावना छ ।

लकडाउन लम्ब्याउने सरकारको तयारी छ । कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण फैलिन नदिन लकडाउन नै उपयुक्त विधि भएकाले अझै कम्तीमा एक हप्ता लकडाउन लम्ब्याउने सरकारले तयारी गरेको हो ।

तर, लकडाउन अहिलेको भन्दा केही खुकुलो बनाउने कि कडाइ गरेरै लम्ब्याउने भन्नेबारेमा मन्त्रिपरिषदमा छलफल भएपछि निर्णय हुनेछ ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको कार्यदलले लकडाउन एक हप्ता थप्न र सङ्क्रमणको अवस्था हेरेर केही ठाउँमा खुकुलो गर्न सकिने सुझाव दिएको छ ।

केही जिल्लामा भने लकडाउनको ढाँचा परिवर्तन गर्नेबारे पनि छलफल भइरहेको छ । पछिल्लो पटक थपिएको लकडाउनको अवधि साेमबार सकिँदैछ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया