'लकडाउन' थप कडाइ गर्न गृह मन्त्रालयकाे निर्देशन

 बैशाख १५, २०७७ सोमबार १४:२१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ‘लकडाउन’लाई थप कडाइ गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई साेमबार परिपत्र गर्दै पास नभएका कुनै पनि गाडी आवत जावतमा रोक लगाउन निर्देशन दिएको हो ।

बीच बाटाेमा पुगेका र बिचल्लीमा परेका मजदुर र नागरिकको उद्धार भइसकेको भन्दै कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको हाे । मन्त्रालयले साेमबारदेखि पास नभएका सबै प्रकारका गाडी सञ्चालनमा रोक लगाउन भनेको हो ।

हुलमुलका साथ यात्रा गर्दा कोभिड–१९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखेर निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

सरकारले लकडाउन आउँदो वैशाख २५ गतेसम्म लम्ब्याएको छ । नेपालमा अहिलेसम्म ५२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ भने १६ जना उपचारपछि घर फर्किएका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया