काेभिड १९ : न्युजिल्याण्डमा खुल्याे रेस्टुरेन्ट, व्यक्तिगत दुरी पालना गर्दै नजिकका आफन्तसँग भेट्न सकिने

 बैशाख १६, २०७७ मंगलबार ११:४३:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – न्युजिल्याण्डको लकडाउनको प्रतिबन्धमा केही राहत दिएको छ र उच्च जोखिमबाट एक स्थान तल झरेको छ । 

अब न्युजिल्याण्डमा तेस्रोस्तरको लकडाउन लगाइएको छ । मानिसहरु अझै पनि घरभित्रै रहनुपर्नेछ तर उनीहरुले सामाजिक प्रतिबन्धकाे पालना गर्नै आफ्ना नजिकका आफन्तसँग भेटघाट गर्न सक्छन् र आइसोलेशनमा रहेकाहरुलाई सहयोग गर्न सक्छन् । 

सम्भव भएसम्म घरबाटै काम गर्न भनिएको छ । यदि पसलहरु कन्ट्याकलेस सेवा प्रदान गर्न सक्छन् भने उनीहरुले खोल्न अनुमति पाउँछन् । 

रेस्टुरेन्टमा अहिलेसम्म मात्र अनलाइन डेलिभरी सुविधा थियो, अब खाना प्याक गरेर पनि लैजान सकिन्छ । मानिसहरु आफ्ना घरका व्यक्ति र नजिकका आफन्तसँग पार्क र विचमा जान सक्छन् । 

विद्यालय खोल्न सकिन्छ तर उनीहरुले व्यक्तिबीचको दुरी र सामाजिक प्रतिबन्धको पालना गर्नुपर्छ । ठूलो सङ्ख्यामा मानिसहरुलाई जम्मा हुन र सार्वजनिक स्थान खुल्ने सम्बन्धमा अझै प्रतिबन्ध लगाइएको छ । 

सोमबार मात्रै न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेर्नले देशले कोरोना भाइरसलाई जितेको तर सतर्कता भने अपनाउनुपर्ने बताएकी थिइन् ।  

न्युजिल्याण्डमा अहिलेसम्म एक हजार चार सय ७२ जनामा काेराेना सङ्क्रमण देखिएकाेमा १९ जनाकाे ज्यान गएकाे छ । महामारीमा पनि कुशल नेतृत्व गर्ने सकेकाे भन्दै न्युजिल्याण्डकी प्रधानमन्त्रीकाे प्रशंसा भइरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया