चार चरणमा 'लकडाउन' हटाउने तयारीमा स्पेन

 बैशाख १७, २०७७ बुधबार ८:५९:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथामका लागि लगाइएको लकडाउन चरणबद्ध रुपमा हटाउँदै जाने स्पेन सरकारले जनाएको छ । यसका लागि स्पेन सरकारले चार चरणको एउटा योजना बनाएको छ । 

स्पेन सरकारका अनुसार आउँदो जुन महिनाको अन्तिमसम्ममा लकडाउन हट्ने सम्भावना छ । 

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले हरेक क्षेत्रमा सङ्क्रमणको गम्भीरतालाई ध्यानमा राख्दै फरक–फरक गति र फरक–फरक किसिमले लकडाउन हटाउने योजना बनाएको बताएका छन् ।

स्पेनको चार द्वीपमा सबैभन्दा पहिला मे महिनाको ४ तारिखमा लकडाउन हटाइनेछ र त्यसपछि बिस्तारै अरु क्षेत्रमा पनि लकडाउन हटाइनेछ । 

स्पेनमा कोरोना सङ्क्रमणको कारण अहिलेसम्म २४ हजारभन्दा धेरैको ज्यान गएको छ भने दुई ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । स्पेन कोरोनाको कारण प्रभावित भएको देशमध्ये एक हो ।  

काेराेनाकाे कारण अहिलेसम्म विश्वभर ३१ लाख ३८ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकाे छ । सङ्क्रमितमध्ये ९ लाख ५५ हजारभन्दा बढी उपचारपछि निकाे भएका छन् । त्यस्तै दुई लाख १७ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । 

सङ्क्रमितमध्ये १९ लाख ६४ हजारभन्दा बढीकाे उपचार भइरहेकाेमा ५६ हजारभन्दा बढीकाे अवस्था गम्भीर छ भने बाँकी १९ लाखभन्दा बढीकाे अवस्था सामान्य छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया