लकडाउन खुलेको ३ हप्तापछि एसईई र कक्षा १२ को परीक्षा गर्न सिफारिस

 बैशाख १९, २०७७ शुक्रबार ६:५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लकडाउन खुलेको तीन हप्तापछि एसईई र कक्षा १२ को परीक्षा गर्न तथा २५ गतेपछि विद्यालय भर्ना अभियान सुरु गर्न कार्यदलले सरकारलाई सिफारिस गरेको छ ।

शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले वैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम हप्तादेखि एसईई र १२ कक्षाको परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिएको हो । एसर्ईर्ई र कक्षा १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिनेसमेत कार्यदलले जनाएको छ । 

यस्तै कार्यदलले सामाजिक दुरी कायम गरेर विद्यार्थी भर्ना सुरु गर्न सुझाव दिएको छ । प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि  सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दुरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ ।

कार्यदलले हिजो शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको हो । शिक्षा मन्त्री पोखरेलले प्रतिवेदन बुझेपछि कार्यान्वयनका लागि मन्त्रालयका सचिव र सहसचिवहरुलाई निर्देशन दिनुभएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • shikha

    May 1, 2020, 6:43 a.m.

    घरि 2 हप्ता घरी 3 हप्ता के अन्योलमा राखेको होला बिद्यार्थीलाई ।

  •  0 Reply

तपाईको प्रतिक्रिया