भारतमा लकडाउन दुई हप्ता लम्बियो

 बैशाख १९, २०७७ शुक्रबार १९:५३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा थप दुई हप्ता लकडाउन लम्बिएको छ ।

लकडाउन मे १७ तारिख अर्थात जेठ ४ गतेसम्म सम्म लम्ब्याउने निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको गृहमन्त्रालयले दुई हप्ताको लागि लकडाउन बढाएको  हो ।

गृह मन्त्रालयले कोरोना भाइरसको जोखिम भएको क्षेत्रमा कडाइ गरिने र आवतजावतमा पूर्ण रुपमा रोक लगाइने जनाएको छ । गृह मन्त्रालयले ओरेन्ज  र ‘ग्रीन जोनमा रहेका जिल्लाहरुलाई भने केही छुट दिइने बताएको छ ।

यस्तै, हवाई उडान, रेल, मेट्रो र सडकमाफर्त हुने आवतजावतमा पनि रोक लगाइने छ । तर विशेष उदेश्यले गृहमन्त्रालयको अनुमतिमा भने चलाउन दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सङ्क्रमितको संख्या ३५ हजार नाघ्यो

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या ३५ हजार नाघेको छ । कोरोना सङ्क्रमितमध्ये  ९ हजार ६८ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।

अहिलेसम्म १ हजार १ सयभन्दा धेरैको ज्यान गएको छ ।

भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको त्यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा कोरोना भाइरस सङ्क्रमणका कारण ४५९ जनाले ज्यान  गुमाएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया