रुपन्देहीमा जंगली च्याउ खाँदा ७ जना बिरामी

 बैशाख २०, २०७७ शनिबार ११:३७:२७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीमा शुक्रबार विषालु च्याउ खाएका एकै परिवारका ७ जना बिरामी परेका छन । उनीहरुको भैरहवामा रहेको भिम अस्पतालमा उपचार भइरहेको छ ।

गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षीय अनिशा हरिजन, १४ वर्षीय मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीय लक्ष्मी हरिजन, ३५ वर्षीय सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीय कैलाशी हरिजन जंगली च्याउ खाएर बिरामी परेका हुन ।

भैँसी चराउन जंगल गएका बेला च्याउ लिएर आएको उनीहरुले बेलुका पकाएर खाएपछि बिरामी परेका हुन । पेट दुख्ने र बान्ता हुने समस्या भएपछि उनीहरुलाई राति नै ल्याएर भिम अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया