विदेशमा समस्यामा परेका श्रमिकको उद्धारका लागि प्रभावकारी कदम चालियोस् : पूर्व श्रममन्त्री विष्ट

 बैशाख २६, २०७७ शुक्रबार १३:३१:५८ | उज्यालो सहकर्मी

काठमाण्डौ – पूर्व श्रममन्त्री गोकर्ण विष्टले विभिन्न कारणले विदेशमा समस्यामा परेका नेपालीको तत्काल उद्धार गर्न सकारसँग माग गर्नुभएको छ ।

नेपालीको समस्याप्रति सरकार सम्वेदनशिल बन्नुपर्ने भन्दै विष्टले समस्यामा परेकालाई उद्धार गरी नेपाल ल्याउन, उद्धार नहुँदासम्म खान बस्नको व्यवस्था गर्न र सम्बन्धित देशलाई करार सम्झौताको पालना गराउन सरकारले ढिला नगरी कदम चाल्न आग्रह गर्नुभएको छ ।

कोरोना भाइरसका कारण विदेशमा खाशगरी स्वदेश फर्कने तयारी गरिरहेका, गैरकानुनी, आममाफीमा सहभागी भएका, भिसाको म्याद सकिएका र विभिन्न कारणले रोजगारी गुमाएकाहरु समस्यामा परेको भन्दै उनीहरुको तत्काल उद्धार र राहातका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।

कतिपय देशमा करार सम्झौताको एकपक्षीय रूपमा रद्द गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने र जबरजस्ती देश छाड्न आदेश गर्ने जस्ता अमानवीय घटनाहरू समेत देखा परेको भन्दै पूर्व श्रममन्त्री विष्टले यस विषयमा सम्वेदनशिल बन्नुपर्ने उल्लेख गर्नुभएको छ ।

‘परदेशमा रगत पसिना बगाएर मातृभूमिको सेवा गर्ने विभिन्न देशमा रहेका नेपालीहरू अलपत्र परेका छन्, उनीहरूले उद्धार र राहतको लागि सरकारको सहारा खोजिरहेका छन्,’ विष्टले भन्नुभएको छ ‘यस्तो अवस्थामा उनीहरूको उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याउँदासम्म खानेबस्ने कुराको व्यवस्था सरकारले गर्नुपर्छ ।’

 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया