कोरोना सङ्क्रमित दैलेखका युवा चढेको बसमा फर्किएका बर्दियाका ९ जनाको पहिचान, ३ वटा गाउँ सिल

 जेठ ६, २०७७ मंगलबार १९:६:३६ | भावुक योगी
unn.prixa.net

बर्दिया – कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका दैलेख आठबीस नगरपालिका १ सात्तलाका युवालाई दैलेख सात्तला पुर्‍याएर फर्केको बसमा बर्दिया ठाकुरबाबा नगरपालिकाका नाै जना फर्किएकाे बताइएकाे छ । उनीहरु सबैकाे पहिचान भइसकेको छ ।

उनीहरु सबै ठाकुरबाबा नगरपालिका वडा नम्बर २, ३ र ५ का बासिन्दा हुन् । ठाकुरबाबा नगरपालिका वडा नम्बर २ कर्मलाका सात जना, वडा नम्बर ३ नेउलापुरका एक जना र वडा नम्बर ५ बनबिरपुरका एक जना रहेको ठाकुरबाबा नगरपालिकाले जनाएको छ । ठाकुरबाबा विपद् व्यवस्थापन समिति अन्तर्गत सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार अहिले उनीहरुको घर रहेको कर्मला गाउँ, नेउलापुर गाउँको उत्तरजब्दा र बनबिरपुर गाउँमा आवत जावत निषेध गरिएको छ ।

दैलेखबाट घर फर्किएका सबैलाई सेल्फ क्वरेण्टीनमा बस्न लगाइएको छ । घरका सदस्यहरुलाई पनि सर्तकता अपनाउन भनिएको नगरपालिकाका प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणका लागि नाै जनाको स्वाब सङ्कलन गर्न स्वास्थ्य कार्यालय गुलरियामा अनुरोध गरिएको ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र राजवंशीले बताउनुभयो । दैलेखका ३९ जना युवा भारतको आगरा कञ्चनपुर बनबासा नाका हुँदै आएका थिए । सीमा नाकामा अलपत्र परेपछि दैलेखको आठबीस नगरपालिकाले उनीहरुलाई जेठ १ गते उद्धार गरी दैलेखको सात्तला पुर्‍याएकाे थियो । अहिले दैलेखमा काेराेना पुष्टि भएका युवा

दैलेख सात्तला पुर्‍याएर फर्कन लागेको बसमा बर्दिया ठाकुरबाबाका नाै जना घर आएका थिए । यतिबेला नगरपालिकामा पनि उच्च सर्तकता अपनाइएको छ । सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाइएको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले बताउनुभयो ।

यसैबीच इलाका प्रहरी कार्यालय भुरिगाउँले सङ्क्रमण फैलिन नदिन अर्को सूचना नआउँदासम्मका लागि कर्मला, बनबिरपुर र नेउलापुर उत्तर जब्दा गाउँ टोल सिल भएको सम्बन्धमा 'माइकिङ' गर्दै सूचना प्रवाह गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया