भारतीय क्वरेण्टीनमा बसेका स्याङ्जाका युवकको मृत्यु, पीसीआर परीक्षणको नतिजा आउन बाँकी

 जेठ १०, २०७७ शनिबार २०:१८:३७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – भारतको नौतनवाको क्वरेण्टीनमा बसेका एक नेपालीको मृत्यु भएको छ । 

रोजगारीकाे लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिनुभयो । 

पीसीआर परीक्षणको काम भइरहेको जानकारी प्राप्त भएको अध्यक्ष मानन्धरले बताउनुभयो । उहाँले भारतीय पक्षसँग सम्पर्कमा नै रहेको जानकारी दिनुभयो ।

अध्यक्ष मानन्धरका अनुसार युवा जेठ ५ गते नौतनवाको राजीव गान्धी पीजी कलेजको क्वरेण्टीनमा बसेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जकाे अस्पतालमा उपचार गरेर क्वरेण्टीनमा ल्याएपछि ज्यान गएको हो ।

हिँडेरै स्याङ्जा आउने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वरेण्टीनमा राखिएको बताइएको छ ।  
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया