थप ७२ जनामा कोरोना पुष्टि : सङ्क्रमित ६ सय ७५ पुगे

 जेठ १२, २०७७ सोमबार ११:९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा आज एकै  दिन ७२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा धेरै रौतहटमा २६ जना र बारामा २१ जना कोरोना सङ्क्रमित भेटिएका छन् । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा काठमाण्डौमा गरिएको परीक्षणमा ३७ जनालाई सङ्क्रमण पुष्टि भएको छ, भने विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ५ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा २१, भेरी अस्पतालमा नेपालगन्जमा ५ र प्रदेश अस्पतालमा सुर्खेत-पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा २ जना सङ्क्रमित पुष्टि भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितहरु १५ देखि ५३ वर्ष उमेर समूहका छन् ।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा काठमाण्डाै टेकुमा गरिएको परीक्षण धनुषा नगराइन नगरपालिका ३ का ३ पुरुष, कपिलवस्तु शिवराज नगरपालिका ४, ५ र ६का ३ पुरुष छन् भने काठमाडौं टोखा नगरपालिका ३ र ६ तथा बुढानिलकण्ठ नगरपालिका ३ का ३ जना पुरुष छन् ।

बारा कलैया नगरपालिका कोटवाली १ का दुई जना पुरुष सङ्क्रमित छन्  । रौतहट राजपुर फरहदवा २, ६, ८ र इशनाथ २ का २६ जना सङ्क्रमित पुष्टि भएका छन् ।

यस्तै, बीपी कोइरोला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी डाक्नेश्वरी नगरपालिकाका दुई जना पुरुष सङ्क्रमित छन् भने बर्दिया बाँसगढी ९ का एक जना पुरुष सङ्क्रमित छन् ।

यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा बाँके दुधवा गाउँपालिका २ र राप्ती सोनारी गाउँपालिका ७ का चार जना पुरुषलाई सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडामा भएको परीक्षणमा बारा गढीमाई नगरपालिकाका २१ जना पुरुषलाई सङ्क्रमण भएको छ । यस्तै भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा दैलेख नारायणगढ नगरपालिका र ढुंगेधर गाउँपालिकाका चार पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको छ भने प्रदेश अस्पतालमा सुर्खेत-पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षण दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै सङ्क्रमितको संख्या ६७५ पुगेको छ । सङ्क्रमितमध्ये १०५ जना उपचार पछि निको भएका छन् भने ३ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया