स्याङ्जाका २ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ १३, २०७७ मंगलबार १७:४९:२८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट जेठ १० गते आएर वालिङ नगरपालिकाको क्वरेण्टीनमा बसेका दुई जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु वालिङ नगरपालिका वडा नम्बर ७ का २९ र २० वर्षीय पुरुष रहेका छन् । दुवै जनालाई आइसोलेशनमा राख्नका लागि आजै स्याङ्जा सदरमुकाम लगिएको प्रदेशका स्वास्थ्य निर्देशक विनोद बिन्दु शर्माले पोखरामा केही बेर अगाडि पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको हो ।

 उनीहरुको टोलीमा चापाकोट र हरिनासका  व्यक्तिहरु रहेको बताइएको छ । त्यसमध्ये वालिङको क्वरेण्टीनमा रहेकाहरुको मात्र पीसीआर परीक्षण गरिएको तर अन्यको स्वाब सङ्कलन गर्न नै बाँकी रहेको बताइएको छ । 

स्वास्थ्य कार्यालयलयले उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु भइसकेको जनाएको छ । शनिबार वालिङको क्वरेण्टीनमा बसेका २० जनाको पीसीआर परीक्षणका लागि स्वाब लिइएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया