गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ७५ पुगे

 जेठ २४, २०७७ शनिबार ६:५६:१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन्  । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा तथा भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकीका थप १७ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ थपएिकामा स्याङ्जाको वालिङ नगरपालिका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका ८ जना र हरिनास गाउँपालिकाका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका २ जना छन् ।

सङ्क्रमण पुष्टि हुनेहरुमा वालिङका १६,१९,२३,२५,३२,४४,५२ र ५४ वर्ष उमेरका पुरुषहरु रहेका छन् भने हरिनास गाउँपालिकाका १८ र ४० वर्षका पुरुषहरु रहेकाछन् ।  यसैगरी कास्कीको  रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै नवलपरासी सुस्ता पूर्वको बिनयत्रिबेणी गाउँपालिकाका १८,१९ र २७ वर्षका पुरुष तथा बाग्लुङको ताराखोला गाउँपालिकाका ५९ वर्षका पुरुष रहेकाछन् ।

सङ्क्रमित सबै जनालाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

योसहित गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ७५ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया