सिन्धुलीमा करेन्ट लागेर एक जनाको ज्यान गयो

 जेठ २५, २०७७ आइतबार १३:५६:५८ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुलीे - फिक्कल गाउँपालिका–३ का ३४ वर्षीय रामबहादुर मगरको करेन्ट लागेर ज्यान गएको छ ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार अन्न पिस्ने मिल सञ्चालन गर्न आइतबार बिहान ४ बजे  घरबाट निस्किएका मगरलाई ५ बजे मिलमा नै करेन्ट लागेर अचेत भएर ढलिरहेको अवस्थामा आफन्तले फेला पारेका थिए । 

अचेत अवस्थामा भेटिएका मगरलाई उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पुर्याइए पनि ८ बजे अस्पतालमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया