बर्दिया : प्रजिअका गाडी चालकमा काेराेना सङ्क्रमण, प्रजिअकाे रिपोर्ट नेगेटिभ

 जेठ २६, २०७७ सोमबार ७:२९:२१ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाका प्रमुख जिल्ला अधिकारीका चालकलाई शनिबार कोरोना पोजेटिभ देखिएपछि परीक्षण गर्दा नयाँ आएका प्रमुख जिल्ला अधिकारी र उहाँकी पत्नीको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । 

शनिबार बेलुका १९ जनाको स्वाब संकलन गरिएकोमा प्रजिअ लिलाधर अधिकारी र उहाँकी पत्नीको रिपोर्ट नेगेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

नेपालगञ्जको भेरी अस्पातालमा गरिएको स्वाब परीक्षणको रिपार्ट अनुसार शनिबार बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना पोजेटिभ देखिएको थियो । 

बर्दियाबाट भर्खरै मात्र मन्त्रालय सरुवा हुनुभएका प्रजिअ प्रेमलाल लामिछानेलाई पुर्याउन जाँदा सँगै स्वाब परीक्षण गरिएपछि प्रजिअ लामिछानेको रिपोर्ट नेगेटिभ र चालकको रिपोर्ट पोजेटिभ आएको थियो । नयाँ प्रजिअ लिलाधर अधिकारीले त्यही गाडी प्रयोग गर्नुभएको थियो । 

अहिले कार्यालयका सबै कर्मचारी होम क्वरेन्टीनमा रहेको बताउँदै प्रजिअ अधिकारीले भन्नुभयो, ‘हामीले संक्रमितबाट कन्ट्याक्ट हिस्ट्री लिँदैछौँ आवस्यक परे परीक्षणको दायरा पनि बढाउँछौँ ।’ 

पीसीआर रिपोर्ट नआएसम्म सबैलाई होम क्वरेन्टीनमा राखिएको र रिपोर्ट नआएसम्म कार्यालयको काम पनि फोनबाट हुने भएको जनाइएको छ । सङ्क्रमण देखिएका चालकलाई गुलरियाको जिल्ला समन्वय समितिको आइसोलेसनमा राखिएको छ । 

नयाँ प्रजिअको कार्यक्रममा सहभागी पत्रकारहरुको पनि स्वाब परीक्षणको व्यवस्था गर्नुपर्ने नेपाल पत्रकार महासंघ बर्दियाले माग गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया