अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना पुष्टि

 जेठ २६, २०७७ सोमबार १२:२४:४० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

घर फर्केर सम्बन्धित पालिकाका क्वरेन्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनु भयो । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना देखिएको र उनीहरु कुन ठाउँको क्वरेन्टीनमा बसेका भन्ने बारेमा अनुसन्धान  भैरहेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । 

यसअघि जिल्लाको शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वरेन्टीनमा बसेका ३६ वर्षीय  पुरुष र पाणिनी गाउँपालिकाको वडा नं. ८ पालीको कमला माविमा रहेका दुई जनामा कोरोना देखिएको थियो । उनीहरुको सन्धिखर्कमा रहेको हटारीको आइसोलेसनमा उपचार भइरहेको छ । 

गएको जेठ १० गते भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय पुरुषकोे  घर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि थियो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया