महोत्तरीको गौशालाका मृतक मण्डलमा कोरोना सङ्क्रमण देखिएन

 जेठ २६, २०७७ सोमबार २०:४२:१५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको गौशालामा मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । 

सोमबार गौशाला वडा नम्बर १० का ४० वर्षीय डोमी मण्डलको मृत शरीरको आरडीटी परीक्षण गर्दा रिपोर्ट निगेटिभ आएको गौशाला नगरपालिका कार्यालयले जनाएको छ । 

रिपोर्ट निगेटिभ आएपछि मृतक मण्डलको शवलाई दाहसंस्कारका लागि परिवारजनलाई जिम्मा लगाइएको प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डाक्टर रविन्द्रकुमार कुशवाहाले बताउनुभयो । 

भारतबाट आई गौशालाको क्वरेण्टीनमा बस्दै आएका मण्डललाई गएको शनिबार पीसीआर रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया