गण्डकी प्रदेश : कोरोना सङ्क्रमित १४५ पुगे

 जेठ २८, २०७७ बुधबार ९:२७:५१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

स्याङ्जा – गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ४५ पुगेको छ । बुधबार थप एक जनामा सङ्क्रमण देखिएकोे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नवलपरासीको देबचुली नगरपालिका ठेगाना भइ त्यही पालिकाको क्वरेण्टीनमा बस्दै आएका ४० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा तीन जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यस्तै कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ ३ का ५८ वर्षीय पुरुषको पोखरामा मृत्यु भएको निर्देशनालयले जनाएको छ । 

यसैबीच कास्कीका पहिलो कारोना सङ्क्रमितको सम्पर्कमा आएका ३९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया