नारायणी नदीमा बन्ने 'सिग्नेचर' पुलकाे प्रधानमन्त्रीद्वारा शिलान्यास
बैशाख ३१, २०८१ सोमबार
स्याङ्जा - स्याङ्जाका ३ जना कोरोना जितेर घर फर्किएका छन् ।
जिल्ला अस्पतालको आइसोलेसनमा रहेका ६ जनामध्ये ३ जना कोरोना सङ्क्रमितको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि आज घर पठाइएको जिल्ला अस्पताल स्याङ्जाका कोरोना फोकल पर्शन डाक्टर अन्जु अर्यालले जानकारी दिनुभयो ।
घर फर्कनेमा वालिङ नगरपालिकाका २१ वर्षका पुरुष र गल्याङ् नगरपालिकाका २७ र ४० वर्षका २ जना पुरुष रहेका छन् । उनीहरुलाई स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलगायतले बिदाई गरेका हुन् ।
गएको जेठ २२ गते जिल्ला अस्पतालमा उपचाररत ६ जना पुरुष र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षणका लागि स्वाब लिई पोखरा पठाइएको थियो । जसमा ३ जना सङ्क्रमित र स्वास्थ्यकर्मींहरु सबैको कोरोना नेगेटिभ आएको फोकल पर्शन डाक्टर अर्यालले जानकारी दिनु्भयो ।
वालिङका कोरोना मुक्त भएका पुरुष जेठ १३ मा र गल्याङका पुरुष जेठ १८ मा सङ्क्रमण भएको थियो । अब जिल्ला अस्पतालको आइसोलेसनमा ३ जना पुरुष उपचाररत छन भने कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा एक महिलासहित ३१ जना उपचार गराइरहेका छन् ।
स्याङ्जाका कोरोना सङ्क्रमित एक जनाको ज्यान गइसकेको छ । योसहित जिल्लामा जम्मा सङ्क्रमितको संख्या ३८ रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।