आज पनि कुवेतबाट १४२ जना नेपाली स्वदेश फर्कंदै, साढे ११ बजे आइपुग्ने

 जेठ ३०, २०७७ शुक्रबार ९:२३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतबाट आज पनि नेपाली महिला घर फर्कंदैछन् । आममाफीमा सहभागी एक सय ४२ जना नेपालीलाई लिएर कुवेतबाट जहाज उडेको छ । कुवेतबाट जहाज उडिसकेको र नेपालमा ११ बजेर ३० मिनेटमा आइपुग्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

फर्कने १४२ जना सबै महिला रहेका छन् । कुवेतले आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा नेपालसम्म ल्याइदिएको हो । कुवेतबाट हिजो २९९ जना महिला स्वदेश फर्किसकेका छन् । 

कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका  र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो ।कुवेतले गएको अप्रिल महिनाभरी नै यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो।

नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिने छ ।

कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको थियो । खाद्यान्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ ।  आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेका २९९१ जनाको सूची दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

नेपालले अनुमति दिएको भए कुवेतले आममाफीमा सहभागी नेपालीलाई ल्याइदिन यसअघि पनि तयार थियो । यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया