स्याङजामा थपिएका सङ्क्रमितमध्ये २ जना क्वरेण्टीनका सफाइ कर्मचारी

 जेठ ३०, २०७७ शुक्रबार १०:२७:४९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङजा - आज थपिएका सङ्क्रमितमध्ये २ जनामा क्वरेन्टीनका सफाई कर्मचारी भएकाे खुलेकाे छ ।

गल्याङ नगरपालिका बहुमुखी क्याम्पसमा सरसफाई गर्ने २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

श्रीमान् श्रीमती नै सरसफाई गर्दै आएकोमा दुवैमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले प्रदेशले निकालेको सूचीमा पुरुष मात्रै भनेको भए पनि नाम र उमेर भिडाउँदा प्रष्ट भएको जानकारी दिनुभयो ।

क्वरेन्टीनमा सरसफाई गर्दै आइरहेका उनीहरु बजारमा निरन्तर हिँडडुल गर्नुका साथै नगरपालिकाका कर्मचारीहरुसँग पनि सम्पर्कमा रहेको बताइएको छ । 
सरसफाई कर्मचारी धेरैको सम्पर्कमा रहेकाले अरुमा धेरैमा सङ्क्रमण फैरिएकाे हुनसक्ने भन्दै गल्याङका स्थानीयमा त्रास छाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया