जोरबिजोर नियम पालना नगर्ने १४९ गाडी प्रहरीको नियन्त्रणमा

 जेठ ३०, २०७७ शुक्रबार १५:१९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जोरबिजोर नियम पालना नगर्ने १४९ वटा निजी गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शुक्रबार बिहानदेखि अहिलेसम्म एक सय ४९ वटा गाडीलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रबारदेखि काठमाण्डौ उपत्यकामा लकडाउन खुकुलो पार्दै सरकारले निजी गाडीमा जोरबिजोर प्रणाली लागू गरेको छ । 

जोर बारका दिन जोर नम्बर प्लेटका गाडी र बिजोर बारका दिन बिजोर नम्बर प्लेटका गाडी मात्र चलाउन पाइने छ । यस्तै यसरी चलाउने गाडीमा चालकबाहेक दुई जनामात्रै यात्रा गर्न पाउनेछन् । 

दुई पाङ्ग्रे गाडीमा भने जोरबिजोर प्रणाली लागू हुने छैन । तर दुई पाङ्ग्रेमा एक जनामात्रै यात्रा गर्न पाउनेछन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया