सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
कालीकोट – नरहरिनाथ गाउँपालिकाले मान्ममा सञ्चालन गरेको क्वरेण्टीनमा बसेर घर फर्किनुभएका एक जनाको मृत्यु भएको छ । घर फर्किने क्रममा नरहरीनाथ १ का ६० वर्षीय पुरुषको लालीघाटमा मृत्यु भएको डीएसपी श्यामबाबु ओलीयाले बताउनुभयो ।
भारतबाट फर्किनुभएका उहाँको मङ्गलबार मान्ममा आरडीटी जाँच गरिएको थियो । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि बुधबार उहाँलाई घर पठाइएको थियो । बिहिबार बेलुकी लालीघाटमा बस्नुभएका उहाँको शुक्रबार लालीघाटमा मृत्यु भएको हो ।
मृतकको स्वाब लिन स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ गएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो । मृतक पुरुष दमको रोगी रहेको महतले बताउनुभयो ।
बुधबार आरडीटी नेगेटिभ आएका ६८ जनालाई घर पठाइएको थियो ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।