सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या २५५ पुग्यो

 जेठ ३१, २०७७ शनिबार २१:१०:२५ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिममा आज ६४ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार आज पुष्टि भएकामध्ये ५५ जना पुरुष र नौ जना महिला छन् । डडेल्धुराका २४ जना, कञ्चनपुरका २१ जना, कैलालीका ११ जना, बझाङका पाँच जना, डोटीका तीन जनामा कोरोना पुष्टि भएको हो । 

डडेल्धुरा नवदुर्गा गाउँपालिकाका २३ जनामा कोरोना पुष्टि भएको छ भने अमरगढी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । कैलालीको चुरे गाउँपालिकाका पाँच जना, धनगढी उपमहानगरपालिकाका दुई जना, गोदावरी नगरपालिकाका दुई जना, लम्कीचुहा नगरपालिकाका एक जना र टीकापुर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । 

बझाङको बिथ्थडचिर र केदारस्यू गाउँपालिकाका दुई/दुई जना तथा खप्तड छान्नाका एक जनामा कोरोना पुष्टि भएको छ । डोटीको जोरायल गाउँपालिकाका दुई जना र सायल गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

कञ्चनपुरको लालझाडीका १४ जना, महाकाली नगरपालिकाका तीन जना, पुनर्वावास नगरपालिकाका दुई जना, बेदकोट नगपालिकाका एक जना र कञ्चनपुरकै तर पालिका नखुलेका थप एक जनामा कोरोना पुष्टि भएको हो । 

योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या दुई सय ५५ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीमा ७८ जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुरामा २१, अछाममा १६, डोटीमा १३, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ । 

पुष्टि भएका दुई जनाको मृत्यु भइसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट दुई सय २७, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया