आरडीटी पोजेटिभ देखिएका गुल्मीका पुरुषको मृत्यु

 जेठ ३२, २०७७ आइतबार १९:२१:४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुपन्देही - बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइरहनु भएका गुल्मीका एक पुरुषको मृत्यु भएको छ ।

 प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुर्दशन थापाका अनुसार गुल्मी धुर्कोट ४ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो ।
भारतबाट आठ दिनअघि आएर स्थानीय क्वरेण्टीनमा बस्नुभएका उहाँलाई खोकी र श्वास फेर्न समस्या भएपछि शनिबार प्रादेशिक अस्पताल ल्याइएको थियो ।

आरडीटी परीक्षणको रिर्पोट पोजेटिभ आएपछि उहाँको पीसीआर परीक्षणको लागि शनिबार नै स्वाब सङ्कलन गरिएको छ । रिर्पोट भने आइनसकेको फोकल पर्सन डाक्टर थापाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया