सुदूरपश्चिममा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

 असार १, २०७७ सोमबार २०:२३:११ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा आज ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढीको कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो । २४ घण्टामा सुदूरपश्चिममा थपिएको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

तीन जना महिला र ६५ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बैतडीका २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको हो । 

योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका ९३ जना, कञ्चनपुरका ६६, डडेल्धुराका ३९, डोटीका ३७, बैतडीका २७, अछामका २२, बाजुराका २१, बझाङका १४ र दार्चुलाका १२ जनामा कोरोना पुष्टि भएको छ । 

काेराेना पुष्टि भएकामध्ये दुई जनाको ज्यान गइसकेको छ भने २६ जना निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट तीन सय चार, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पाँच र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया