श्रीमतीको मुक्का प्रहारबाट श्रीमानको ज्यान गयो

 साउन १७, २०७५ बिहिबार १८:३०:२३ | उषा तामाङ

दोलखा – जिरी नगरपालिकामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु गएको छ । दोलखाको जिरी नगरपालिका वडा नं. ३ माली बस्ने  ५५ वर्षीया नाङगेल शेर्पाको मृत्यु भएको हो ।

आज बिहान १० बजे  श्रीमान–श्रीमतीबीचमा घरायसी विवाद हुँदा ५५ वर्षीया आङलुङ शेर्पाले श्रीमान नाङ्गेल शेर्पालाई नाकमा प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

आङलुङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय जिरीमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया