सुदूरपश्चिम : काेराेना सङ्क्रमित ६ सय १७ मध्ये ११ जना स्वास्थ्यकर्मी

 असार ४, २०७७ बिहिबार २०:०:२० | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन दुई सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३, धनगढी प्रयोगशालामा २४ जना र बाँकेमा गरिएको परीक्षणमा एक जना गरी दुई सय ३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय १७ पुगेको छ । 

धनगढी प्रयोगशालामा भएको परीक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ । तीन महिला र २१ पुरुष गरी २४ जनामा कोरोना पुष्टि भएको हो । कञ्चनपुरका २०, कैलालीका तीन र अछामका एक जनामा सङ्क्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयाे ।

यसअघि बिहीबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३ र बाँकेमा भएको परीक्षणमा एक जना गरी दुई सय १४ जनामा कोरोना पुष्टि भएको थियो । डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाममा थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे परीक्षणमा अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका दुई महिला र २३ पुरुष गरी २५ जना, बाजुराका १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका सात महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीका दुई २ महिला र १९ पुरुष गरी २१ जनामा कोरोना पुष्टि भएको थियो ।

बाँकेको प्रयोगशालामा कैलालीकै थप एक जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक सय ४९ जना, कञ्चनपुरका ९५, डडेल्धुराका एक सय २३, डोटीका ४२, बैतडीका ५२, अछामका ६७, बाजुराका ६२, बझाङका १६ र दार्चुलाका १२ जनामा कोरोना पुष्टि भएको छ । 

पुष्टि भएका चार जनाको मृत्यु भइसकेको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन् ।

प्रदेशमा ११ जना स्वास्थ्यकर्मीमा काेराेना पुष्टि

साथै सुदूरपश्चिम प्रदेशमा ११ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसअघि पाँच जना स्वास्थ्यकर्मी सङ्क्रमित भएकोमा बिहीबार मात्रै थप ६ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

बाजुरा जिल्लामा बिहीबार थप ४१ जनामा कोरोना पुष्टि भएकोमा ६ जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनुभयाे ।  

बाजुरामा आज १५ जना महिला र २६ जना पुरुष गरी ४१ जनामा सङ्क्रमण देखा परेको हो । त्यसमध्ये चार जना बडीमालिका नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी, एक जना स्वास्थ्य कार्यालय बाजुरा र एक जना अस्पतालको कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा सङ्क्रमित स्वास्थ्यकर्मीको सङ्ख्या ११ पुगेको हाे । यसअघि कञ्चनपुरमा तीन, डडेल्धुरामा एक र कैलालीमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ । उनीहरुमध्ये १० जना उपचाररत छन् भने कञ्चनपुरका एक जना स्वास्थ्यकर्मी डिस्चार्ज भएर घर फर्किएका छन् ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया