आरडीटी रिपोर्ट नेगेटिभ आएपछि करेण्टीनबाट घर पठाइएका युवकको ज्यान गयो, पीसीआर रिपोर्ट आउन बाँकी

 असार ५, २०७७ शुक्रबार १५:२९:३१ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाको बारबर्दिया नगरपालिका-३ मा रहेको क्वरेण्टीनबाट घर गएका एक युवकको ज्यान गएकाे छ । 

आरडीटी रिपोर्ट नेगेटिभ आएपछि क्वरेण्टीनबाट घर पठाइएका ३५ वर्षीय युवकको उपचारका लागि बर्दिया अस्पताल गुलरिया लैजाने क्रममा बाटोमै ज्यान गएको हो । घर फर्किएकै दिन बिहीबार राति छाती दुखेर श्वास फेर्न कठिन भएपछि युवकलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजान लागिएकाे थियाे । ​

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले मृतकको स्वाब परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको बताउनुभयाे । स्वाब परीक्षण रिपोर्ट बेलुकासम्म आउने र परीक्षण रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने प्रजिअ अधिकारीले बताउनुभयो । 

दुई हप्ताअघि काठमाण्डौबाट नेपालगन्ज हुँदै बर्दिया आएका युवक​ बारबर्दिया नगरपालिकाको क्वरेण्टीनमा १४ दिन बसेर आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्रै घर फर्किएका थिए । 

 

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया